नियम ३९
मन्त्रिपरिषद्को सचिव
(१) नेपाल सरकारको मुख्यसचिव मन्त्रिपरिषद्को सचिव हुनेछ ।
(२) यस नियमावलीको अधीनमा रही मन्त्रिपरिषद्को सचिवको प्रमुख काम र कर्तव्य देहाय बमोजिम
हुनेछ ः
(क) नेपाल सरकार, मन्त्रिपरिषद्बाट भएका निर्णयहरु तथा प्रधानमन्त्रीबाट भएका
निर्देशनहरु कार्यान्वयन गर्ने, गराउने र सोको अनुगमन गर्ने ।
(ख) प्रधानमन्त्रीलाई मुलुकको प्रशासनिक, शान्तिसुरक्षा, आर्थिक विकास तथा वैदेशिक
सम्बन्धसम्बन्धी महत्वपूर्ण विषयमा अवगत गराउने ।
(ग) नेपाल सरकारका विभिन्न मन्त्रालय, कार्यालयबीच समन्वय सुदृढ गर्ने, सरकारी
कामकारवाहीलाई चुस्त र प्रभावकारी बनाउन आवश्यक निर्देशन दिने, सुपरिवेक्षण
गर्ने र अनुगमन गर्ने ।
(घ) राष्ट्रियस्तरका विकास आयोजनाहरु र सार्वजनिक सरोकारका विषयमा उत्पन्न विवाद
सुल्झाउन सम्बन्धित सबै पक्षसँग वार्ता तथा समन्वय गरी उपयुक्त निकास पत्ता
लगाउने ।
(ङ) राजपत्राङ्कित विशिष्ट श्रेणीका सचिवहरुको विदा, काज स्वीकृत गर्ने ।
(च) यस नियमावलीबमोजिम गर्नुपर्ने अन्य कार्य गर्ने गराउने ।
(छ) मन्त्रिपरिषद्बाट तोकिएका अन्य कार्यहरु गर्ने ।
(३) मन्त्रिपरिषद्को सचिव अनुपस्थित रहेको अवस्थामा यस नियमावली बमोजिम मन्त्रिपरिषद्को
सचिवले गर्ने कार्य प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिवहरूमध्ये उपस्थित वरिष्ठ सचिवले गर्नेछ ।